साढे २ अर्ब रुपैयाँ लगानीमा ग्रुपले पहिलो पाँच तारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको हो । जुन होटल भैरहवाको अञ्चलपुरमा चार बिघा क्षेत्रफलमा फैलिएको छ । होटलमा डिलक्स एक्जुकेटिभ स्वीट, प्रेसिडेन्टियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित चार तहका ८५ वटा कोठा छन् । होटलमा क्यासिनोको समेत सुविधा छ ।
काठमाडौं, असार १५ : सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले भैरहवामा पाँचतारे होटल सञ्चालनमा ल्याएको छ । ग्रुपको यो पहिलो पाँचतारे होटल हो ।
साढे २ अर्ब रुपैयाँ लगानीमा ग्रुपले पहिलो पाँच तारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको हो । जुन होटल भैरहवाको अञ्चलपुरमा चार बिघा क्षेत्रफलमा फैलिएको छ । होटलमा डिलक्स एक्जुकेटिभ स्वीट, प्रेसिडेन्टियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित चार तहका ८५ वटा कोठा छन् । होटलमा क्यासिनोको समेत सुविधा छ ।
यस्तै नेपालकै ठूला सभा हल, ३ वटा सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेन्ट, स्वीमिङ पुल, फिटनेस, जिम हल, स्पासहितको हेल्थ क्लब, लङ टेनिस कोर्ट लगायतका पूर्वाधार होटलमा राखिएका छन् ।
होटलभित्रका सबै संरचनाहरुमा बुद्धको जीवनीसँग सम्बन्धित छ । होटलमा तीन सय जनाले रोजगारी पाएको ग्रुपले जनाएको छ । २०७६ बैशाखमा होटलको शिलान्यास गरिएको थियो । चार वर्षको अवधिमा होटल सञ्चालनमा आएको हो ।
करिव साढे २ अर्व लगानी रहेको यो होटल पुर्ण संचालनमा आइपुग्दा करिब ३०० कर्मचारीले प्रत्यक्ष रोजगारी पाउने ग्रुपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले बताए ।
गौतम बुद्धको जन्मस्थल तथा हालै मात्र संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको यस अत्याधुनिक तथा सुिवधा सम्पन्न होटलको नियमित सेवा संचालनमा आउँदा, स्वदेशी तथा विदेशी अतिथिहरुको सेवा र सत्कार गर्दा यसले सिङ्गो देशकै पर्यटनमा टेवा पुग्ने ग्रुपले विश्वास व्यक्त गरेको छ ।
होटल लुम्बिनीबाट २० किलोमिटरको दुरी पर्दछ । यस्तै अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ कि।मि। र सिद्धार्थ हाइवेबाट करिब २०० मिटरको दूरीमा होटल रहेको छ ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी २५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टिकापुरमा ग्रामिणस्तरको खाजा घरका रुपमा सुरू भएको थियो ।
विस्तारै ग्रुपले खाजा घरलाई विस्तार गर्दै कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरिसकेको छ । ग्रुपको आफ्नै लगानी तथा व्यवस्थापनमा कणरलीको चिसापानी, नेपालगञ्जको धम्बोजी र कारकाँदो, रुपन्देहीको बुटवल र भैरहवा, सुर्खेत, चितवनको चुम्लिङटार, काठमाण्डौंको सुन्धारा, तिनकुने, पुरानो बानेश्वर, बौद्ध, ललितपुरको धोबिघाटमा होटल तथा रेस्टुरेण्ट सेवा संचालनमा छन् ।
यस्तै, एस क्याफे ब्राण्डमा क्याफे सेवाहरुमा बाँकेको नेपालगञ्ज र कोहलपुर, काठमाण्डौंको तिनकुने, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसर भित्रमा दुईवटा क्याफेहरु संचालनमा रहेका छन् ।